arrow

पत्थरीको अप्रेसन गर्दा गोर्खा अस्पतालमा महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
dead-body-always.jpg
तस्बिर : फाइल

तुलसीपुर । दाङमा पित्तथैलीमा पत्थरी भएकी एक जना महिलाको दुरबिन बिधिबाट अप्रेसन गर्दा मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीको गोर्खा अस्पतालमा बङ्गलाचुली ३ की ६५ वर्षीया थमकला डागिको पित्तथैलीमा परेको पत्थरीको अप्रेसन गर्दा मृत्यु भएको हो । 

प्रहरीले गोर्खा अस्पतालमा अप्रेसन भएको र मंगलबार बिहानै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा ल्याएको केही घण्टामै बिरामीको मृत्यु भएको थियो । 

बिरामीको आफन्त जम्मा भएर गोर्खा अस्पताल बिहानैदेखि चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै  छानबिन गर्न दबाब दिएका थिए । 

बिरामीका आफन्त र  गोर्खा अस्पतालबीच वार्ता भएको र पीडितसँग सहमतिबारे अस्पतालले खुलाउन चाहेको छैन।  गोर्खा अस्पतालमा सर्जन डा. रबि आचार्यको टिमले सर्जरी गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ