विवादमा कांग्रेस निकट स्वास्थ्यकर्मी संघको महाधिवेशन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
2.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेस निकटको नेपाल स्वास्थ्यकर्मी संघको महाधिवेशन विवादमा परेको छ । आगामी पुस १० देखि १२ गतेसम्म लुम्बिनीमा हुने भनिएको महाधिवेशन विवादमा परेको हो ।
उक्त महाधिवेशनबारे कार्यवाहक अध्यक्षलाई नै थाहा नभएको भन्दै कार्यवाहक अध्यक्ष रमिला चौलागाईंले नै कुनै निर्णय नभएको जानकारी गराएसँगै मिति तोकेपछि विवादमा परेको हो ।
उनले विज्ञप्ति नै जारी गरेर गत मंसिर २२ गतेको भर्चुअल बैठक वैधानिक प्रक्रियाबाट नबोलाइएकाले आफूले शुरुआतमा उपस्थिति जनाए पनि कोरमै नपुगेपछि बहिस्कार गरेर बाहिरिएको भन्दै उक्त बैठकबाट कुनै निर्णय नभएको स्पप्ट पारिन् ।
उनले उक्त बैठकको माइन्युटमा हस्ताक्षरसमेत नभएको भन्दै बैठकको निर्णय भनेर एकपक्षीय रुपमा महासचिव दीपक भट्टले गरेको महाधिवेशनको मिति घोषणा अस्वीकार्य र अवैध हुने उनले उल्लेख गरेकी छिन् ।
अध्यक्ष रामजी घिमिरे सरकारी सेवाबाट अवकाशपछि चौलागाई कार्यवाहक छिन् । तर उनलाई बेवास्ता गरी महासचिवले एकलौटी गर्न खोजेको भन्दै उनले आपत्ति जनाएकी छिन् ।
कार्यवाहकले गराउनु पर्ने महाधिवेशनबारे उनी नै बेखवर भएपछि लुम्बिनी महाधिवेशन विवादित बनेको हो ।