नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, म्युचुअल फण्डबाहेक सबै उपसूचक घटे
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
668
Shares
काठमाडौँ | साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको छ।
नेप्सेका अनुसार आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर कुल ७० हजार ५७६ पटक खरिद–बिक्री भएको छ। यसबाट आज कुल रु चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ बराबरको कारोबार भएको छ। आजको बजारमा म्युचुअल फण्ड समूहबाहेक अरू सबै समूहका उपसूचकहरू ओरालो लागेर बजार राताम्मे देखिएको छ।
आजको कारोबारमा 'एसवाई प्यानल नेपाल लिमिटेड' को सेयर मूल्यमा १० प्रतिशतको वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ। अर्कोतर्फ, 'सिन्धु विकास बैंक लिमिटेड' को सेयर मूल्यमा भने भारी गिरावट आउँदै नकारात्मक सर्किट लागेको छ। २६०० को बिन्दु नजिक रहेको बजारमा आज देखिएको गिरावटले लगानीकर्ताहरूमा केही पर्ख र हेरको अवस्था सिर्जना गरेको छ।