arrow

वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक भएकाे बडालको जिकिर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
ramesh-badal-kanun-byabasai.jpg

काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् ।

नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र चौथो अंगका रूपमा रहेको मिडिया चारैतर्फबाट आक्रमणको सामना गरिरहेको अवस्थामा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

‘रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई पुनः लिकमा ल्याउने प्रयास हामी अघि बढाउन चाहन्छौँ, सम्पूर्ण आम नेपाली जनतालाई चाँही यो प्रक्रियामा साथ दिन आग्रह पनि गर्दछु । वर्तमान सरकारको गठनको प्रक्रिया नै असंवैधानिक छ । असंवैधानिक प्रक्रियाबाट सरकार गठन भयो, असंवैधानिक तरिकाबाट जुन सरकार बन्यो त्यो सरकारले गरेका सम्पूर्ण कामकारवाही स्वभाविक रुपमा असंवैधानिक नै हुन्छन्,’ उनले भने ।

बडालले स्वतन्त्र, निष्पक्ष, निर्भीक र भयमुक्त रूपमा अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।

उनले भने, ‘अहिले मुलुकको व्यवस्थापिका, कार्यपालिका, न्यापालिका र चौथौ अंगको रुपमा रहेको हाम्रो मिडिया जगत चारैतर्फ भएको आक्रमण पछाडि चुनौतीको सामना गर्दै संगठित भएर अघि बढिरहेका छौँ । रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई फेरी लिकमा लिएर आउने प्रक्रियालाई हामी अघि बढाउन चाहन्छौँ । यो अवस्थामा हामीले पहिलाको जसरी नै स्वतन्त्र रुपमा, निष्पक्ष रुपमा,निर्भिक रुपमा र भयरहित अवस्थामा अगाडि बढ्न आवश्यक छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ