arrow

सानेपामा कांग्रेसको घमासान

कांग्रेस 'हाइ कमाण्ड' बैठक आज पनि: महाधिवेशनको ढाँचा र कार्यतालिकामाथि मन्थन जारी

महाधिवेशन कार्यतालिका फेर्न र प्रक्रिया छोट्याउन महामन्त्री थापाको दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
congress-mmeting-82-9-9aa (1).jpeg

काठमाडौँ । नेपाली कांग्रेसको 'हाइ कमाण्ड' केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहीबार पनि बस्दैछ। पार्टीको १५औँ महाधिवेशनको ढाँचा र कार्यतालिकालाई मुख्य एजेन्डा बनाएर बुधबारदेखि शुरु भएको छलफललाई निरन्तरता दिन आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको छ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बुधबारको बैठकमा अधिकांश नेताहरूले हाल प्रस्तावित महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको भन्दै संशोधनको माग गरेका छन्। नेताहरूले समयसापेक्ष र व्यवस्थापन गर्न सहज हुने गरी कार्यतालिका परिमार्जन गरेर पार्टी सङ्गठनलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका छन्।

बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यता वितरणका विषयमा विस्तृत 'ब्रिफिङ' गर्दै नयाँ प्रस्ताव अघि सारेका छन्। थापाले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेपछि सिधै केन्द्रीय महाधिवेशनमा जाने छोटो प्रक्रियाको प्रस्ताव गरेका हुन्। उनको यो प्रस्तावमाथि आजको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहने बताइएको छ।

महाधिवेशनको मिति र प्रक्रियालाई लिएर पार्टीभित्र फरक-फरक मत देखिएकाले आजको बैठकबाट ठोस निष्कर्ष निकाल्ने प्रयास गरिने बुझिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ