arrow

कांग्रेस महाधिवेशन नै वर्तमान सङ्कटको उत्तम विकल्प: विश्वप्रकाश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
biswaprakash-sharma1.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको अन्योल चिर्न र नयाँ ऊर्जा सञ्चार गर्न केन्द्रीय महाधिवेशन नै वर्तमान अवस्थाको सबैभन्दा उत्तम विकल्प भएको बताएका छन्। उनले समयमै महाधिवेशन सम्पन्न गरी पार्टीमा नयाँ दृष्टिकोण र नेतृत्व ल्याउनुपर्नेमा जोड दिए।

तीन तहको अधिवेशन प्रक्रियाको प्रस्ताव महामन्त्री शर्माले क्रियाशील सदस्यताको प्राविधिक समस्याका कारण वडादेखि केन्द्रसम्मको साविकको लामो कार्यतालिका प्रभावित भए पनि छोटो प्रक्रियाबाट महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन्। उनको प्रस्तावमा मुख्य तीन चरणहरू रहेका छन्: १. सबैभन्दा पहिले देशभरका वडास्तरको अधिवेशन सम्पन्न गर्ने। २. त्यसपछि क्षेत्रीय प्रतिनिधिहरूको सहभागितामा १६५ वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्ने। ३. क्षेत्रीय अधिवेशनबाट चुनिएका महाधिवेशन प्रतिनिधिहरूमार्फत केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने।

नेतृत्व मात्र होइन, सन्देशको पनि प्रश्न महामन्त्री शर्माले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रियाका रूपमा मात्र हेर्न नहुने बताए। "प्रश्न महाधिवेशनबाट को आउँछ भन्ने मात्रै होइन, महाधिवेशनमार्फत कांग्रेसले देशलाई के सन्देश दिन्छ र जनविश्वास कसरी बलियो बनाउँछ भन्ने मुख्य हो," उनले भने। उनले थपे, "अहिलेको अवस्थामा वडा, क्षेत्र र केन्द्रको अधिवेशन गर्नु नै सबैभन्दा व्यवहारिक बाटो हो।"

उनले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम सकेर सिधै चुनावी प्रक्रियामा जानुपर्ने र फागुन २१ को आम निर्वाचनअघि नै पार्टीले नयाँ कार्यसमिति पाउनुपर्ने तर्क गरे। यदि नियमित महाधिवेशनमा अवरोध आएमा 'विशेष महाधिवेशन' को विकल्प समेत जीवित रहेको भन्दै उनले संस्थापन पक्षलाई अधिवेशन नटार्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ