arrow

भूमिकास्थानमा विद्यार्थी सवार जीप दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
accident-final.jpg

अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका-१० धनचौरबाट नुवाकोट गइरहेको लु२च ५१७९ नम्बरको जिप सोही नगरपालिका-७ छिर्लिङ खोला नजिक दुर्घटना हुँदा जीप चालक भूमिकास्थान-१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको हो ।

घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

भूमिकास्थान नगरपालिकाले आजदेखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन गएका विद्यार्थी सवार जिप दुर्घटना भएको हो।

दुर्घटनापछि प्रतियोगिताअन्तर्गतका शुक्रबार सबै खेल स्थगन गरिएको नगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ