arrow

जाडो बढ्दै: तराईमा हुस्सुको साम्राज्य, उच्च पहाडमा हल्का वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सोमबार देशका अधिकांश तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लाग्नेछ। यसले गर्दा तराईको जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

दिउँसोको अवस्था: देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

रातिको अवस्था: राति पनि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। पहाडी भू-भागमा आंशिक बदली भए पनि अन्य क्षेत्रको मौसम सफा रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ