arrow

पहाडमा बदली र हिमालमा हिमपात, तराईको जनजीवन हुस्सुले प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
weather-ktm-valley-81-11-16.jpg

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागमा बदली र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने देखिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यद्यपि, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

आज राति पनि तराईका अधिकांश स्थानमा हुस्सुको प्रभाव रहनेछ। पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। चिसो बढ्दै गएकाले र तराईमा हुस्सुका कारण भिजिबिलिटी कम हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ