arrow

बालुवाटारमा प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता, के-के भयो कुराकानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
sushila-durga.jpg

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान'का संयोजक दुर्गा प्रसाईंबीच मंगलबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ। भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकको पछिल्लो शान्ति सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रसाईंसँग सहयोगको अपिल गरेकी छन्।

प्रधानमन्त्री कार्कीले लोकतन्त्रको दिगोपनका लागि निर्वाचन नै एकमात्र आधार भएको उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेकी छन्। "मुलुकले अब थप अस्थिरता र अशान्ति थेग्न सक्ने अवस्था छैन," उनले भेटका क्रममा भनिन्, "आफ्ना माग र मुद्दाहरूलाई शान्तिपूर्ण ढंगले राख्न र जनताबाट अनुमोदन गराउन लोकतान्त्रिक बाटो अर्थात् निर्वाचनको प्रक्रियामा आउनु नै उत्तम विकल्प हो।"

कठिन परिस्थितिबाट देशलाई बिस्तारै शान्तिको मार्गमा फर्काएको स्मरण गर्दै प्रधानमन्त्रीले अहिले निर्वाचनको वातावरण पूर्ण रूपमा बनिसकेको दाबी गरेकी छन्। उनले कुनै पनि प्रकारका विरोधका कार्यक्रमहरूले निर्वाचन र नागरिकको शान्ति सुरक्षामा खलल नपुर्‍याउन प्रसाईंको ध्यानाकर्षण समेत गराएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ