-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलका बीसौँ चरणका खेल सकिएका छन् । बीसौँ चरणसम्म आर्सनलले शीर्ष स्थानलाई बलियो बनाएको छ ।
यसले आर्सनलको उपाधिको खडेरीलाई पुर्ने अपेक्षा आर्सनलका फ्यानको छ । तर अन्तिम समयमा अताल्लिने बानी परेको आर्सनलले यसपालि भने संयमसाथ खेलिरहेको छ ।
अर्को उपाधि दावेदार म्यानचेस्टर सिटीले चेल्सीसँग १–१ गोलको बराबरी खेलेसँगै आर्सनललाई अन्तर बनाउन सजिलो भएको छ ।
आर्सनल २० खेलबाट ४८ अंकसहित शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको म्यानसिटी बराबरीमा रोकिँदा ४२ अंकबाट दोस्रो स्थानमा छ ।
एस्टन भिल्ला पनि समान ४२ अंकका साथ तेस्रो स्थानमा छ । ३४ अंकको लिभरपुल चौथो स्थानमा छ । चेल्सी ३१ अंकबाट पाँचौँ स्थानमा रहेको छ ।
म्यानचेस्टर युनाइटेड ३१ अंकबाटै पाँचौँ स्थानमा छ । वेष्टह्याम युनाइटेड, बर्नली र वुल्भस् रेलिगेशन क्षेत्रमा रहेका छन् ।