arrow

हुस्सुले छोपियो तराई, चार प्रदेशमा हिमपातको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
cold-weather-mohattari.jpg

काठमाडौँ । देशभर अहिले पश्चिमी वायुको प्रभाव रहेकाले मौसममा आंशिक परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका अधिकांश भू–भागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ, जसको प्रभाव दिउँसो र राति पनि कायम रहने देखिएको छ। 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने भए तापनि देशका अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। 

तराईमा बाक्लो कुहिरोका कारण भिजिबिलिटी कम भई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने र चिसो अझै बढ्ने देखिएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। रातिको समयमा पनि पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा हुस्सुको प्रभाव कायमै रहने महाशाखाको पूर्वानुमान छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ