arrow

पश्चिमी वायुको प्रभाव: तराईमा बाक्लो हुस्सुको कहर, पहाडमा मौसम सफा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
weather-always-2082.jpg

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशभरिको मौसममा केही परिवर्तन देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। विशेषगरी तराईका धेरै स्थानहरूमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेका कारण जनजीवन प्रभावित भएको छ।

दिउँसोको समयमा पनि तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो कायमै रहने महाशाखाले बताएको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा बादल लागे पनि अन्य भू-भागमा भने घाम लाग्ने देखिन्छ। 

रातिको समयमा पनि तराईका धेरै ठाउँहरूमा हुस्सुको प्रभाव रहने र कोशी, गण्डकी तथा कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली भागमा आंशिक बदली हुने बाहेक अन्यत्रको मौसम सफा रहने जानकारी महाशाखाले दिएको छ। हुस्सुका कारण भिजिटिबिलिटी (दृश्यांश) कम हुने भएकाले सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन र बढ्दो चिसोबाट बच्न आवश्यक उपायहरू अबलम्बन गर्न मौसमविद्हरूले सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ