arrow

तराईमा बाक्लो हुस्सु, उच्च पहाडी भेगमा आंशिक बदली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशभरिको मौसममा विविध परिवर्तन देखिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने देखिएको छ। विशेषगरी तराईका धेरै स्थानहरूमा बिहानीपखदेखि नै बाक्लो हुस्सु र कुहिरो लागेका कारण जनजीवन प्रभावित भएको छ।

महाशाखाको पछिल्लो बुलेटिन अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने सङ्केत देखिए पनि अन्य पहाडी तथा हिमाली क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ। 

रातीको समयमा पनि तराईका धेरै क्षेत्रहरू हुस्सुकै चपेटामा रहनेछन् भने कोशी, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी भू-भागमा आंशिक बदली हुने प्रक्षेपण गरिएको छ।

बाक्लो हुस्सुका कारण भिजिविलिटी (दृश्यांश) कम हुँदा सडक तथा हवाई यातायातमा अवरोध पुग्न सक्ने र चिसो बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। पहाडी क्षेत्रमा घाम लागे पनि चिसो हावाका कारण तापक्रममा गिरावट आउने क्रम जारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ