सिजी ब्रान्डको अफर: केदार र चन्द्रले वानखेडे स्टेडियम पुगेर नेपालको विश्वकप खेल हेर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
1.8k
Shares
काठमाडौँ । नेपालको अग्रणी इलेकट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो 'सिजीको साथमा, वर्ल्डकप टिकट हातमा' उपहार योजना अन्तर्गत पहिलो चरणका विजेताहरूको नाम सार्वजनिक गरेको छ। कम्पनीले डिजिटल गोला प्रथा माध्यमबाट दुई जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गरेको हो।
आगामी आईसीसी टी२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनाको पहिलो चरणमा काभ्रेका केदार भुजेल र झापाका चन्द्र श्रेष्ठ विजेता बन्न सफल भएका छन्।
को हुन् विजेता र के किन्दा जिते ? सिजी ब्रान्डका अनुसार हजारौँ सहभागीहरूमध्येबाट छानिएका विजेताहरूले निम्न उत्पादन खरिद गरेका थिए:
चन्द्र श्रेष्ठ (झापा): न्यु ए वन सप्लायर्स, बिर्तामोडबाट सिजीको 'माइक्रोवेभ ओभन' खरिद।
के छ पुरस्कार ? दुवै विजेताले ५ दिने मुम्बई भ्रमणको ‘फुल प्याकेज’ प्राप्त गरेका छन्। यो प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ।
सबैभन्दा रोमाञ्चक कुरा, विजेताहरूले मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियममा पुगेर आईसीसी टी२० पुरुष विश्वकप अन्तर्गत नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर (म्याच टिकट) समेत पाउनेछन्।
योजना अझै बाँकी, कसरी लिने सहभागिता ? कम्पनीले यो पहिलो चरणको नतिजा मात्र भएको र योजना अझै जारी रहेको जानकारी दिएको छ। आगामी दिनमा थप विजेताहरू छनोट गरिने हुँदा ग्राहकहरूले अझै पनि यसमा सहभागिता जनाउन सक्नेछन्।
योजनामा सहभागी हुन ग्राहकले सिजी डिजिटल शोरुम, www.cgdigital.com.np वा नेपालभर रहेका सिजीका आधिकारिक बिक्री केन्द्रबाट सिजी ब्रान्डका सामान खरिद गर्नुपर्नेछ। त्यसपछि खरिदकर्ताले ३१००३ मा निम्नानुसार एसएमएस पठाउनुपर्नेछ:
एसएमएस गर्ने तरिका: सीजी <स्पेस> वारेन्टी कार्ड नम्बर <स्पेस> उत्पादनको नाम <स्पेस> ग्राहकको नाम <स्पेस> ठेगाना टाइप गरी ३१००३ मा पठाउनु पर्ने हुन्छ।
करिब ४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको चौधरी ग्रुप अन्तर्गतको सिजी ब्रान्डले ग्राहकको विश्वासप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता उत्साहजनक योजनाहरू ल्याइरहने प्रतिबद्धता जनाएको छ।