arrow

कांग्रेस विशेष महाधिवेशन

देउवालाई विशेष निम्तो: "क्रान्तिको ओज सम्झेर महाधिवेशनमा आउनुहोस्", गोपालमान पनि जुट्दै [भिडियो]

कांग्रेस विशेष महाधिवेशनमा देउवासहितका पदाधिकारीलाई दिइयो निम्तो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
subash-pokhrel.jpg

काठमाडौँ । भोलि आइतबारदेखि शुरु हुन लागेको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा संस्थापन पक्षका वरिष्ठ नेता गोपालमान श्रेष्ठ पनि सहभागी हुने भएका छन्। शनिबार महाधिवेशन स्थल भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा आयोजक पक्षले सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिने नेता श्रेष्ठको सहभागिताले महाधिवेशनलाई थप गरिमामय बनाउने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा नेता सुवाष पोखरेलले पार्टी एकताको पक्षमा उभिएका डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मासहितका नेताहरूले पनि महाधिवेशनमा सहभागी हुने खबर पठाएको बताए। "हामीले सभापति शेरबहादुर देउवासहित सबै केन्द्रीय पदाधिकारीहरूलाई औपचारिक पत्र पठाएका छौँ," पोखरेलले भने, "क्रान्तिको कठिन कालखण्डबाट यहाँसम्म आइपुग्नुभएका सभापतिजीले पार्टीको गरिमा र एकताका लागि हाम्रो निम्तो स्वीकार गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।"

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको यस विशेष महाधिवेशनलाई संस्थापन पक्षले यसअघि 'अवैधानिक' भन्दै आएको थियो। तर, गोपालमान श्रेष्ठजस्ता पाका नेताको सहभागिता सुनिश्चित हुनुले कांग्रेसभित्र नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ।

विशेष महाधिवेशन सचिवालयका अनुसार भृकुटीमण्डपमा हुने उद्घाटन सत्रको सम्पूर्ण तयारी पूरा भएको छ। देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी छ। यो महाधिवेशनले कांग्रेसको नेतृत्व परिवर्तन र आगामी निर्वाचनका लागि नयाँ नीति तय गर्ने दाबी पक्षधरहरूले गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ