arrow

तराईमा बाक्लो हुस्सु र कुहिरोको प्रभाव, पहाडी क्षेत्रमा मौसम सफा रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। नेपालको उपल्लो वायुमण्डलमा विकसित न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लाग्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम हाल मुख्यतया सफा रहे पनि तराईमा भने कुहिरोका कारण दृश्यांश कम भई जनजीवन प्रभावित हुन सक्ने देखिएको छ।

आज दिउँसो र राति देशका पहाडी तथा हिमाली भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यद्यपि, तराईका अधिकांश स्थानमा दिउँसो बाक्लो हुस्सु लाग्ने र राति पनि केही स्थानमा कुहिरो कायम रहने महाशाखाले जनाएको छ।

चिसो बढ्दै गएको र तराईमा हुस्सुको प्रभाव रहने भएकाले सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन र स्वास्थ्यको ख्याल गर्न मौसमविद्हरूले सुझाव दिएका छन्। पहाडी क्षेत्रमा भने घाम लाग्ने भएकाले मौसम अनुकूल रहने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ