समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरूले हाइज्याक गरे : डा.सुनील शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
966
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.सुनील शर्माले समयमै महाधिवेशन हुनुपर्छ भन्ने माघ डा.शेखर कोइराला समूहले उठाउँदै आएको बताएका छन्।
उनले केही साथीहरूले आफूहरूको एजेन्डा हाइज्याक गरेको पनि बताए । सोमबार काठमाडौँमा डा.शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरूको माग हाइज्याक भएको उनको दाबी थियो ।
काठमाडौँमा जारी विशेष महाधिवेशनले नीति मात्रै पास हुने उनले दाबी गरे । साथै उनले डा.कोइराला वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट सभापति बन्ने बताए ।
कोइरालाले पार्टी फुटबाट जोगाउने र एकताबद्ध बताउने उनको भनाइ छ । ‘पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । एकताबद्धका लागि उहाँले पहलकदमी लिनुहुनेछ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा हाम्रै हो । बिचमा हाइज्याक भएको हो,’ उनले भने ।
आइतबारबाट नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ ।