कांग्रेसको नेतृत्वमा सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्छः गोपालमान श्रेष्ठ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
1k
Shares
काठमाडाैँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नको लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेन-जी, नयाँ उदाएका शक्ति र राजनीतिक दलको बिचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।
उक्त सम्मेलनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाइ छ । उनले अहिले राष्ट्रिय एकताको खाँचौ औँल्याए ।
कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘सर्वसम्वत, सर्वदलीय जेनजीदेखि लिएर धेरै शक्तिहरू अहिले आएको छ, उनीहरूको गोलमेच सम्मेलन नेपाली कांग्रेसले गर्नुपर्छ । सबैलाई लिएर नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्नुपर्छ। यो महाधिवेशनले आफ्नो विधि विधानअनुसार निर्णय गर्नुपर्छ । त्यो निर्णयलाई कांग्रेसको विधानअनुसार मान्नुपर्छ । अहिले राष्ट्रिय एकताको खाँचो छ ।’
उनले विशेष महाविधेशनले विधानअनुसार निर्णय गर्नुपर्ने बताए । विशेष महाधिवेशनले गरेको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ ।