काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको टोली निर्वाचन आयोगमा गएको छ । केन्द्रीय कार्यसमिति बैठक बसेपछि सोही बैठकको निर्णयअनुसार टिम निर्वाचन आयोग गएको हो ।
ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकपछि निर्वाचन आयोगमा अद्यावधिक गर्न टोली आयोग गएको हो । आयोग जाने टोलीमा पदाधिकारीसँगै केही केन्द्रीय सदस्यहरू रहेका छन् ।