arrow

धनुषाको कुन निर्वाचन क्षेत्रमा कति छन् मतदाता ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
dhanusha-election-office.jpg

जनकपुर । प्रतिनिधि सभा अन्तर्गतको निर्वाचनमा धनुषा जिल्लाबाट जम्मा मतदाता पाँच लाख १४ हजार पाँच सय ७१ जना रहेका छन् ।

जनकपुरधाममा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै धनुषा क्षेत्र नं.३ का निर्वाचन अधिकृत शुभाष राउत पुरीले धनुषा जिल्लाभरिका निर्वाचन क्षेत्रहरू बारे जानकारी गराएका छन् ।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा जिल्लामा ४ ओटा निर्वाचन क्षेत्र रहेको छ ।

क्षेत्र नं.१ को निर्वाचन कार्यालय धनुषाधाममा रहेको छ भने निर्वाचन अधिकृत मनोज बराल छन् । यस क्षेत्रमा कुल एक लाख २६ हजार ४० जना मतदाता रहेका छन् भने मतदानस्थल ८५ ओटा रहेको छ र मतदान केन्द्र एक सय ६३ ओटा रहेको छ ।

क्षेत्र नं.२ को निर्वाचन कार्यालय विदेह नगरपालिकाको तीनकोरीयामा रहेको छ भने निर्वाचन अधिकृतमा दामोदर रेग्मी छन् । यस क्षेत्रमा कुल मतदाता एक लाख ३४ हजार आठ सय २६ जना रहेका छन् भने मतदानस्थल ८८ ओटा रहेको छ र मतदान केन्द्र एक सय ७४ ओटा रहेको छ ।

क्षेत्र नं. ३ को निर्वाचन कार्यालय जनकपुरधाममा रहेको छ भने निर्वाचन अधिकृतमा सुवास राउत पुरी छन् । यस क्षेत्रमा कुल मतदाता एक लाख २५ हजार नौ सय २७ रहेका छन् भने मतदानस्थल ७४ ओटा रहेको छ भने मतदान केन्द्र एक सय ५५ ओटा रहेको छ ।

यस्तै क्षेत्र नं.४ को निर्वाचन कार्यालय महेन्द्रनगरमा रहेको छ भने निर्वाचन अधिकृतमा पुरुषोत्म खतिवडा छन् । यस क्षेत्रमा कुल मतदाता एक लाख २७ हजार सात सय ७८ जना रहेका छन् भने मतदानस्थल ७५ ओटा रहेको छ भने मतदान केन्द्र एक सय ५३ ओटा रहेको छ ।

अस्थायी मतदाताहरूको नाम संकलन कार्य जारी नै रहेको धनुषा क्षेत्र नं. ३ का निर्वाचन अधिकृत पुरीले जानकारी दिए ।

उनका अनुसार धनुषाभरिमा जम्मा निर्वाचन स्थल तीन सय २२ ओटा रहेको छ भने जम्मा मतदान केन्द्र छ सय ४५ ओटा रहेको छ ।

धनुषाको चारओटै निर्वाचन क्षेत्रमा जम्मा तीन हजार आठ सय ७० जना कर्मचारी खटाईने अधिकृत पुरीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ