गगन थापाको नेतृत्वलाई स्वीकार गरेर कांग्रेस अघि बढ्नुको विकल्प छैनः सुनील शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता नेता डा. सुनील शर्माले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन आयोगले आधिकारिकता दिलाएको कांग्रेसको नयाँ नेतृत्वलाई स्वीकार गरेर संस्थापन पक्षका नेताहरू पनि अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे ।
उनले संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन हुन गएको र त्यसले चयन गरेको नयाँ नेतृत्वलाई मिलाएर लैजाने दायित्व नवनिर्वाचित सभापति थापाको दायित्व रहेको समेत बताए।
नेता शर्माले संस्थापन पक्षका नेताहरूलाई सभापति थापा, उपसभापति शर्मालगायतका नेताहरूले मिलाएर लैजाने विश्वास समेत व्यक्त गरे ।
उनले आगामी निर्वाचनमा कांग्रेस एक्लैले लडने र बहुमत प्राप्त गरी सभापति थापा प्रधानमन्त्री बन्ने दाबी समेत गरे। गगन थापालाई प्रधानमन्त्री बनाउनका लागि आफूहरू लाग्ने नेता शर्माको भनाइ थियो ।
‘यो भेला जुन भयो नि । त्यो अधिकांश मानिसहरू उत्पीडित थिए । स्पेसल्ली यो गत पाँच वर्ष भित्रमा नहुनुपर्ने धेरै कुराहरू कांग्रेस पार्टी भित्र भएका थिए । संस्थापनमा नलागेका साथीहरूलाई उत्पीडनमा राखिएको थियो । टिकट वितरणमा ठूलो चलखेल हुन्थ्यो । यी विविध कुराहरूले गर्दा पबलिकले पनि, आम नागरिकले पनि र क्याडरले पनि चेन्जेज चाहेको थियो । त्यो चेन्जको यो एउटा परिणाम हो । अव यसलाई सबैले स्वीकार जाने र पार्टीलाई मिलाएर जाने बाहेक अर्को विकल्प छैन । पार्टीलाई मिलाउनु पर्छ दुवै पक्षका नेताहरूले । अहिले पार्टी फुटेको होइन। अधिवेशन भयो’, उनले भने, ‘यो भ्यालिड भइसक्यो अब अधिवेशनप्रति असन्तुष्ट राख्ने साथीहरूलाई जो अधिवेशनबाट सभापति गगनजी, विश्वजीहरूलगायतका साथीहरूले मिलाउनुहुन्छ । मिलाउनु पर्छ । लोकतन्त्रमा गुट स्वभाविक हुन्छ । लोकतन्त्रमा प्रतिस्पर्धाहरू त स्वभाविक हुन नि त । प्रतिस्पर्धा नै भएन भने त कम्युनिष्ट सिष्टम भइहाल्यो नि । त्यसकारण लोकतन्त्रमा प्रतिस्पर्धालाई सामान्य रुपमा लिनुपर्छ । विधि र विधानभित्र रहेर प्रतिस्पर्धा हुनुपर्छ । अहिले यो निर्वाचन आयोगले जे दिएको छ । त्यसलाई स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन । त्यो मिलाएर लिएर जानुपर्छ । झगडा पर्दा, टसल हुँदा कसले के भन्यो, त्यो अलग कुरा हो । आजबाट परिस्थिति चेन्ज हुन्छ । नेताहरू सबै विवेकशील हुनुहुन्छ । बुद्धिमान हुनुहुन्छ । जो अहिले डिलरसिपमा आउनु भएको छ । उहाँहरू बुद्धिमान हुनुहुन्छ । जो वर्षौसम्म पार्टी सत्ता चलाएर बस्नुभएको छ । उहाँहरू पनि बुद्धिमान हुनुहुन्छ । सबैले आफ्नो इगो त्याग्ने, कांग्रेसलाई एकढिक्का बनाएर लैजाने । आगामी निर्वाचनमा कांग्रेससँग ठूलो प्रतिस्पर्धा नै हुँदैन । अब हामी स्वीप गरिहाल्छाँै नि । अब सबै गाउँ छिर्ने हो । ढयाकढयाक पारेर मेजरिटी ल्याउने हो । देउवा पक्ष ओलीसँग मिल्न जानु हुन्छ जस्तो मलाई लाग्दैन । नेपाली कांग्रेस पार्टी गठबन्धनको पक्षमा जाँदैन । सिंगल चुनाव लडछ । एक सय ६५ ओटै ठाउँमा हाम्रा उम्मेद्वारहरू हुन्छन् । मलाई लाग्छ-हामी मेजरिटी ल्याउँछौँ । मलाई के लाग्छ भने नयाँ आएको टिम हाम्रा दाइहरू हुनुहुन्छ, अब हिजो भएको मिस्टेक अब हुँदैन होला । अहिले गठबन्धन हुन्छ जस्तो मलाई लाग्दैन । अबको मेजरिटीसहितको प्रधानमन्त्री गगन थापा बन्नुहुन्छ भन्ने नै हो । त्यसमा दुविधा छैन, बनाउने हो ।’
नेता शर्माले कांग्रेस विभाजित नभएको र अब त्यसभित्र विवाद जाने जाने ठाउँ नभएको पनि बताए ।