काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त संघर्ष समितिले निर्वाचन बहिष्कारको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौँको सुन्धारामा भेला भई छ ओटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त संघर्ष समितिले आगामी फागुन २१ गतेको निर्वाचनको बहिष्कारको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा नेता खेम नारायाण ढुंगानाले अहिलेको व्यवस्था र आगामी निर्वाचनले जनताको कुनै माग सम्बोधन गर्न नसक्ने भन्दै निर्वाचन बहिष्कारको माग आफूहरूले गरेको बताए ।
उनले वर्तमान सरकार अयोग्य सरकार रहेको भन्दै कठपुतलीको संग्या समेत दिए ।
उनले भने,‘यो संविधानले नचिनेको मात्र होइन् । अहिलेको यो कठपुतली सरकारको योग्यता पनि पुगेको छैन् । यस्तो अयोग्य सरकारले गर्न लागेको फागुन २१ गतेको निर्वाचनलाई हामीले बहिष्कार गर्दै छौँ । यो व्यवस्थाले यो निर्वाचनले जनताको कुनै माग सम्बोधन गर्न सक्दैन । त्यसैले यो योग्यता नपुगेको सरकारले गर्न लागेको निर्वाचनको बहिष्कार गरौँ ।’
यस्तै उनले सत्तामा बसेर देशलाई लुट्ने लुटेराहरू फेरी पनि सत्तामा पुगेर भ्रष्टाचार गर्ने र आफ्नाहरूलाई पोस्नका लागि चुनावमा भाग लिन खोजिरहेको आरोप लगाए ।
उनले भने,‘सत्तामा बसेर देशलाई लुट्ने लुटेराहरू अहिले पनि यो कठपुतली सरकारको पछि लागेर चुनावमा जाँदै छन् ।
सत्तामा पुगेर भ्रष्टाचार गर्ने र आफ्नाहरुलाई पोष्न केही राजनीतिक दलहरू निर्वाचनमा भाग लिन खोजिरहेका छन् ।