पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा बादल, तराईमा हुस्सुको सास्ती
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
690
Shares
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भू-भागमा बदली र कुहिरोको अवस्था देखिएको छ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। बाँकी स्थानहरूमा भने मौसम मुख्यतया सफा छ।
दिउँसोको मौसम: तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुनेछ भने देशका अन्य भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
रातीको मौसम: रातीको समयमा पनि तराईका केही क्षेत्रमा हुस्सु लाग्नेछ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। चिसो बढ्ने क्रम जारी रहेकाले तराई र पहाडी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।