arrow

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
congress------------.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक आज शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। पार्टीका नवनिर्वाचित सभापति गगन थापाको अध्यक्षतामा बस्ने यस बैठकलाई आगामी निर्वाचनको रणनीतिक तयारीका हिसाबले निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा पदाधिकारी, केन्द्रीय सदस्यहरू र प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। पुस ३० गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापाले सम्हाल्न लागेको यो पहिलो औपचारिक र वृहत् बैठक हो।

आजको बैठकको मुख्य एजेन्डा सभापति गगन थापालाई 'भावी प्रधानमन्त्री' को उम्मेदवारका रूपमा औपचारिक घोषणा गरी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिने रहेको छ। उपसभापति विश्वप्रकाश शर्माले यसअघि नै कांग्रेस अब 'प्रोजेक्ट गगन' सहित चुनावी मैदानमा जाने सङ्केत दिइसक्नुभएको छ। 'अबके बाद, गगन सरकार' भन्ने नाराका साथ कांग्रेसले सुशासन र युवा नेतृत्वको मुद्दालाई मुख्य चुनावी एजेन्डा बनाउने तयारी गरेको छ।

बैठकले उम्मेदवार चयनको मापदण्ड, चुनावी घोषणापत्रको खाका र देशव्यापी चुनावी अभियानका बारेमा समेत ठोस निर्णय लिने अपेक्षा गरिएको छ। विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको आन्तरिक समीकरणलाई व्यवस्थापन गर्दै एकताबद्ध भएर निर्वाचनमा जानु नयाँ नेतृत्वका लागि मुख्य चुनौती र अवसर दुवै रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ