बदलिएको कांग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्छ : सुनील शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
707
Shares
मोरङ । नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा. सुनील शर्माले बदलिएको काँग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका क्रममा नेता शर्माले कांग्रेस पूर्ण रुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनुपर्ने बताएका हुन् ।
उनले अब युवा कांग्रेस, बीपी कोईरालाले कल्पना गरेको समावेशी, लोकतान्त्रिक कांग्रेस बनिसकेको बताए ।
उनले नागरिकले दिने मत धेरै मूल्यवान रहेको भन्दै कुनै अन्योलमा नपरी कांग्रेसलाई मतदान गर्न आह्वान गरे ।
बदलिएको कांग्रेसले नै देश बदल्ने उनको जिकिर गर्दै उनले बीपीहरूले जोगाएको कांग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व अब नागरिकहरूको रहेको बताए ।
उनले नागरिकले आफूलाई जिताएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै फागुन २१ गते मात्रै कुर्नुपरेको बताए ।
उनले भने, ‘मत मलाई दिनुहुन्छ, थाहा छ, पहिला पनि दिनुभयो तर अलिकति छरछिमेकीलाई पनि भन्नुपर्छ । मत बढाइदिनुपर्छ । पहिला तीन नम्बर बनाइदिनु भयो अब एक नम्बर बनाइदिनुहोला । भोट जनताले दिने हो बाक्सा चेन्ज हुने होइन केरे । बाक्सा खोल्न पर्खिनु त पर्ने हो । तपाईंहरूले नै दिने भोट हो । फागुन २१ सम्म पर्खिनुपर्ने हो । मत तपाईंहरूले हाल्ने हो । गन्ने मान्छे नेपाली नै हुन् । अब बदलिएको कांग्रेस, युवा काँग्रेस, बीपी कोइरालाले परिकल्पना गर्नुभएको काँग्रेस, समावेशी कांग्रेस, लोकतान्त्रिक कांग्रेस, डेमोक्रेटिक कांग्रेसलाई तपाईंहरुले मत दिएर पठाइदिनु भयो भने यसरी नै हाँसिहाँसिकन कुनै सुरक्षा गार्ड नराखिकन तपाईंहरूका बीचमा सदा सर्वदा फेरि आउने सुअवसर प्राप्त गर्नेछौँ । अहिले तपाईंहरूले दिने मत यति मूल्यवान छ, त्यो मूल्यवान चिजलाई कन्फ्युज नगरी दिनुहोला । बीपीहरूले जोगाएको कांग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व तपाईंहरूको बीचमा छ ।’
उनले युवा कांग्रेसबाट अब देश परिवर्तन हुने दाबीसमेत गरे ।