कांग्रेसको विजय अभियान व्यवस्थित बनाउन निर्वाचन परिचालन समितिको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
2.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रतिनिधि सभा निर्वाचनमा पार्टीको विजय अभियान व्यवस्थित बनाउन प्रदेश, जिल्ला र निर्वाचन क्षेत्र सभापतिहरूलाई निर्देशन दिएको छ ।
उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले सबैलाई पत्र लेखेर आम निर्वाचनमा पार्टी पंक्तिलाई व्यवस्थित रूपले परिचालन गर्न आवश्यक विभिन्न समिति बनाउन निर्देशन दिएका हुन् ।
उनले विभिन्न १२ समिति तथा अत्यावश्यक अन्य समिति तथा उपसमिति अविलम्ब गठन गरी केन्द्रीय कार्यालयमा विवरण पठाउनसमेत आग्रह गरेका छन् ।