arrow

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कोशी र गण्डकीमा हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
weather-always-2082.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु–कुहिरो रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात–वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ र बाँकी भू–भागमा मौसम  मुख्यतया सफा रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ