arrow

पाकिस्तानमा आतंकवादी हमलाः १० सुरक्षाकर्मी मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
pakistan-war.jpg

काठमाडौँ। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतङ्कवादी आक्रमणको प्रतिक्रिया जनाउँदा कम्तीमा १० जना सुरक्षा अधिकारी र ३७ जना आतङ्कवादी मारिएको सुरक्षा स्रोतहरूले शनिबार बताएको छ ।

प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले क्वेटा, नोस्की र ग्वादर जिल्लाहरूसहित एक दर्जन भन्दा बढी स्थानमा एकसाथ आक्रमण गरेको स्रोतलाई उदृत गर्दै सिन्ह्वाले बताएको छ ।

सुरक्षा प्रतिष्ठान र सरकारी लक्ष्यलाई लक्षित गरी आक्रमण गरिएको स्रोतहरूले बताएका छन् ।

पाकिस्तानी सशस्त्र बल, फ्रन्टियर कप्र्स र बलुचिस्तान प्रहरीले तीव्र गोलीबारीपछि आतङ्कवादीहरूको योजना विफल पार्दै द्रुत प्रतिक्रिया दिएको स्रोतले बताएका छन् ।

अधिकारीहरूका अनुसार झडपमा धेरै सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् ।

सुरक्षा स्रोतका अनुसार विगत ४८ घण्टामा यस क्षेत्रमा कुल ८८ जना आतङ्ककारी मारिएका छन् ।

बाँकी रहेका आतङ्ककारीहरूलाई हटाउन र पूर्ण सुरक्षा पुन:स्थापना गर्न प्रभावित क्षेत्रमा सरसफाइ अभियान जारी रहेको स्रोतहरूले जनाएको छन् ।एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ