arrow

पाकिस्तानी शिया मस्जिदमा आत्मघाती विस्फोट, कम्तीमा १० जनाको मृत्यु, थुप्रै गम्भीर

सहरव्यापी आपतकालीन अवस्था घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
pak-suicide-attack-26-2-6.jpg

इस्लामाबाद । पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको शिया मस्जिद (इमाम्बारा) मा शुक्रबारको प्रार्थनाको समयमा आत्मघाती आक्रमण भएको थियो । पाकिस्तानी पत्रिका डनको रिपोर्टअनुसार आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ र १२ जना घाइते भएका छन् ।

प्रहरी र उद्धार सेवाहरू घटनास्थलमा पुगेका छन् र उद्धार कार्य शुरू गरेका छन् । अस्पतालहरूलाई सतर्क गराइएको छ। घाइतेहरूलाई अस्पताल लगिएको छ।

विस्फोटपछि इस्लामाबाद प्रहरी प्रमुखले शहरव्यापी आपतकालीन अवस्था घोषणा गरेका छन् । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने डर व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ