पाकिस्तानी शिया मस्जिदमा आत्मघाती विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु, सय घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
2.1k
Shares
इस्लामाबाद । पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको शिया मस्जिद (इमाम्बारा) मा शुक्रबारको प्रार्थनाको समयमा भएको आत्मघाती आक्रमणमा थुप्रैको ज्यान गएको छ ।
पाकिस्तानी पत्रिका डनको रिपोर्टअनुसार आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको छ । १०१ जना घाइते भएका छन् ।
प्रहरी र उद्धार सेवाहरू घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेका छन् । अस्पतालहरूलाई सतर्क गराइएको छ। घाइतेहरूलाई अस्पताल लगिएको छ।
विस्फोटपछि इस्लामाबाद प्रहरी प्रमुखले शहरव्यापी आपतकालीन अवस्था घोषणा गरेका छन् । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने डर व्यक्त गरेका छन् ।