arrow

मस्जिदमा शक्तिशाली आत्मघाती विष्फोट हुँदा ३१ को मृत्यु, १७० जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २४ शनिबार
pakistan-war-bisfot.jpg

काठमाडौँ। पाकिस्तानको संघीय राजधानी इस्लामावादमा शुक्रबारको प्रार्थनाको समयमा एक मस्जिदमा भएको शक्तिशाली विष्फोटमा ३१ जनाको मृत्यु भएको छ भने करिब एक सय ७० जना घाइते भएका छन्।

इस्लामावादका डेपूटी कमिश्नर इरफान नवाज मेमनका अनुसार शहजाद टाउन क्षेत्रमा अवस्थित एक शिया मस्जिदमा विष्फोट भएको हो। विष्फोटपछि नजिकैका प्रमुख अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

घाइतेहरूको इस्लामावाद र छिमेकी सहर रावलपिण्डीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइतेको संख्या धेरै भएकाले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।

विष्फोटपछि सुरक्षा बल र उद्धार टोलीले घटनास्थल नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेका छन्।

प्रत्यक्षदर्शीका अनुसार मस्जिदको प्रवेशद्वारमा रोकिएपछि एक आत्मघाति आक्रमणकारीले आफूलाई विष्फोट गराएको हो।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी नलिएको भए पनि पाकिस्तानी तालिवान र इस्लामिक स्टेटजस्ता लडाकु समूहहरू यसअघि यस्ता घटनामा संलग्न रहँदै आएका छन्।

प्रधानमन्त्री शहबाज सरिफले यस कायरतापूर्ण आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।

उनले निर्दोष नागरिकहरूको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ