arrow

पश्चिमी वायुको प्रभाव: उच्च पहाडी भेगमा हिमपात र तराईमा हुस्सुको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले गर्दा अहिले तराईका केही स्थानमा बाक्लो हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी लगायतका प्रदेशहरूमा आंशिक बादल लागेको छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा पनि बादलको आवतजावत देखिएको उसले जनाएको छ। आज दिउँसो तराईका धेरैजसो स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। सुदूरपश्चिम प्रदेश लगायत देशका अन्य पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्ने र बाँकी ठाउँको मौसम भने मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।

विशेष गरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना देखिएको छ। आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने र कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका अग्ला भागहरूमा आंशिक बादल लाग्ने महाशाखाले बताएको छ। 

बाँकी भू-भागमा भने रातिको समयमा मौसम सफा रहने देखिन्छ। चिसो बढ्दै गएको र हुस्सुका कारण भिजिबिलिटी कम हुन सक्ने भएकाले यात्रा गर्दा र दैनिक कार्यहरू सम्पादन गर्दा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। उच्च हिमाली भेगमा हुने हिमपातले जनजीवनमा केही प्रभाव पार्न सक्ने भए पनि यो मौसम प्रणालीले लामो समयसम्म ठुलो वर्षा भने गराउने देखिँदैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ