arrow

पश्चिमी वायुको प्रभाव: उच्च पहाडी क्षेत्रमा हिमपात र तराईमा कुहिरोको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २ शनिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभर आंशिक रूपमा बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल रहनेछ। 

तराईका धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा नै रहने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको कुरा महाशाखाले जानकारी दिएको छ।

आज राति तराईका थोरै स्थानहरूमा तुँवालो लाग्ने सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। 

रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना देखिएको छ। चिसो बढ्ने र केही क्षेत्रमा हिमपात हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ