रास्वपा बाराका जिल्ला सहसचिव तथा संगठन प्रमुख चौधरीले छाडे पार्टी [पत्रसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
2.6k
Shares
बारा । रास्वपा मधेस प्रदेशका संस्थापक सदस्य तथा हालका बारा जिल्ला सहसचिव तथा संगठन प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन् । शुक्रबार पार्टीको निर्णय तथा कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गर्दै विज्ञप्तिमार्फत साधारण सदस्यसमेत नरहने गरी उनले राजीनामा दिएका हुन् ।
उनले भनेका छन्, “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएको थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेको छु।'
साथै उनले संगठनमा दिनरात खटिएका क्षमतावान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको आरोपसमेत लगाएका छन् ।
उनले आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति पार्टीमा बनेकाले बसिरहन नसकेको बताए ।
यस्तो छ राजीनामा पत्र
मिति:- २०८२/११/८
केन्द्रीय कार्यालय
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं, नेपाल।
विषय: साधारण सदस्यबाट समेत नरहने गरि राजीनामा सम्बन्धमा।
श्रदेय, म रास्वपा मधेस प्रदेशको संस्थापक सद्स्य तथा वर्तमानमा जिल्ला सह(सचिव तथा संगठन प्रमुख सदस्यको हैसियतले २०७९ श्रावण ७ गतेदेखि आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्याउँदै आएको छु। “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएको थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरित भएको अनुभव गरेको छु।
संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलतस् आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथी आंच आउने परिस्थिति बनेको छस यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।
त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु।
यस अवधिसम्म पार्टीले दिएको अभिभावकत्व, सहकार्य र अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद।
भवदीया,
पवन चौधरी
जिल्ला ससचिव बारा
संगठन प्रमुख रास्वपा
बारा ।