arrow

पाकिस्तानी प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
ravi-balen-sahamati.jpg

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले हालै सम्पन्न आम निर्वाचनमा उल्लेखनीय सफलता प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन्। प्रधानमन्त्री शरीफले रास्वपाका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र साह बालेन लाई छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै शुभकामना व्यक्त गरेका हुन्।

पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री शरीफले आफ्नो सन्देशमा रास्वपाले पाएको चुनावी परिणामलाई नेपाली जनताले नयाँ र गतिशील नेतृत्वप्रति देखाएको प्रगाढ विश्वासको प्रतिबिम्बका रूपमा चित्रण गरेका छन्। जनताको यो जनादेशले नेपालमा नयाँ राजनीतिक उत्साह थपेको उनको ठम्याइ छ।

साथै, प्रधानमन्त्री शरीफले नेपाल र पाकिस्तानबीच रहेको ऐतिहासिक मित्रता र द्विपक्षीय सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउने इच्छा व्यक्त गरेका छन्। उनले नवनिर्वाचित नेपाल सरकारसँग विभिन्न क्षेत्रमा नजिक रहेर सहकार्य गर्न पाकिस्तान सधैँ इच्छुक रहेको समेत उल्लेख गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ