arrow

रास्वपालाई समर्थन गर्न कमल थापाको सर्त – हिन्दूराष्ट्रका लागि संविधान संशोधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
kamal-thapa-rpp-nepal-president.jpg
तस्बिर : फाइल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कमल थापाले रास्वपा र वालेन्द्र साह बालेनको नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने बताएका छन् ।

बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले संसदमा दुईतिहाइ बहुमतका लागि उक्त सरकारलाई दुई सिट कम रहेको उल्लेख गरेका छन् ।

उनले सरकार संविधान संशोधन गरेर धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र स्थापना गर्न तयार भए रास्वपाका पाँच सांसदहरूको पूर्ण सहयोग रहने बताएका हुन् ।

थापाले लेखेका छन्, ‘यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुनःस्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाउँछ भने राप्रपा संसदमा संविधान संशोधनका लागि आवश्यक समर्थन दिन तयार रहनेछ ।’

नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदै आएको राप्रपाले यसअघिदेखि नै संविधान संशोधनमार्फत देशलाई पुनः हिन्दूराष्ट्र बनाउने माग गर्दै आएको छ ।

राप्रपाले प्रत्यक्षमा एक सिट जितेको छ भने समानुपातिकमा थ्रेस होल्ड कटाएको छ । 

थापाले भने काठमाडौँ ५ बाट चुनाव लड्दै चौथो भएका थिए । उनले एक हजार ९२२ मत ल्याएका थिए । निर्वाचित रास्वपाका सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ