arrow

आर्सनल उपाधि होडमा अगाडि, म्यानसिटी दोस्रो, चार क्लवबीच तेस्रोमा होड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
mancity-26-3-15.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनल उपाधिको प्रबल दावेदार बनेको छ । आर्सनल ३१ खेलबाट ७० अंकसहित शीर्ष स्थानमा छ । 

दोस्रो स्थानको म्यानचेस्टर सिटी ३० खेलबाट ६१ अंकसहित दोस्रो स्थानमा छ । म्यानसिटीले गएरातिको खेलमा वेष्टह्याम युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ । ३१ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि त्यसको चार मिनेटमै कोन्सटान्टिनोस माभ्रोपानोसको गोलमा युनाइटेडले बराबरी गर्यो । 

तेस्रो स्थानका लागि म्यानचेष्टर युनाइटेड, एस्टनभिल्ला, चेल्सी र लिभरपुलबीच प्रतिस्पर्धा देखिएको छ । यी चारै टिम उपाधि होडबाट भने बाहिरिएका छन् । त्यस्तै दोस्रो हुने सम्भावनासमेत लगभग समाप्त भएको छ । 

म्यानयु २९ खेलबाट ५१ अंकसहित तेस्रो, एस्टन भिल्ला २९ खेलबाटै ५१ अंकसहित चौथो, चेल्सी ३० खेलबाट ४८ अंकसहित पाँचौँ तथा लिभरपुल २९ खेलबाट ४८ अंकसहित छैटौँ स्थानमा रहेको छ । 

आज क्रिस्टल प्यालेसले लिड्स युनाइटेडसँग, म्यानचेष्टर युनाइटेडले एस्टन भिल्लासँग, नटिंघम फरेस्टले फुल्हमसँग र लिभरपुलले टोटनहम हट्सपरसँग खेल्ने कार्यक्रम छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ