arrow

रास्वपाको सचिवालय बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
rsp-sachibalaya-12.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक अहिले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ। स्वास्थ्य अवस्थाका कारण प्रत्यक्ष उपस्थित हुन नसक्नुभएका पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट बैठकमा सहभागी छन्।

आजको बैठकको मुख्य एजेन्डा हालै सम्पन्न आम निर्वाचनमा रास्वपाले प्राप्त गरेको ५७ समानुपातिक सिटको अन्तिम नामावली टुङ्गो लगाउनु रहेको छ। निर्वाचन आयोगले दिएको समयसीमा अनुसार आजै नामावली बुझाउनुपर्ने भएकाले यो बैठकलाई निर्णायक मानिएको छ। 

यसका साथै, बैठकमा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने र बहुमत प्राप्त भएपछि सरकार गठनको प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भइरहेको बुझिएको छ।

सचिवालयले उम्मेदवारहरूको नाम सिफारिस गरेपछि आजै बस्ने केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गरी निर्वाचन आयोगमा बुझाउने तयारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ