-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलको उपाधिमा आर्सनल बलियो देखिँदा म्यानचेस्टर सिटीले पछ्याउने सम्भावना कम बन्दै गएको छ ।
अर्कातर्फ पछिल्ला केही वर्षदेखि कमजोर प्रदर्शन गर्दै आइरहेको सर्वाधिक सफल मध्येको एक टिम म्यानचेस्टर युनाइटेडले तेस्रो स्थान मजबुत बनाउँदै लगेको छ ।
आइतबार राति भएको खेलमा म्यानयुले घरेलु मैदानमा एस्टन भिल्लामाथि ३–१ को जित निकाल्दै तेस्रो स्थान बलियो बनाएको हो ।
यता सोही दिनको खेलमा म्यानसिटी र लिभरपुलले भने बराबरी खेलेका छन् । सिटीले वेष्टह्याम्प युनाइटेडसँग उसकै मैदानमा बराबरीमा रोकियो ।
त्यस्तै लिभरपुल घरेलु मैदानमा टोटनह्याम हट्सपरसँग १–१ गोलको बराबरीमा रोकियो ।
क्रिष्टल प्यालेस र लिड्स युनाइटेड तथा नटिंघम फरेस्ट र फुल्हमले गोलरहित बराबरी खेले ।
अंकतालिका
३१ खेलबाट ७० अंकसहित आर्सनल शीर्ष स्थानमा छ । ३० खेलबाट ६१ अंकसहित म्यानसिटी दोस्रो तथा समान खेलबाट ५४ अंकसहित म्यानयु तेस्रो स्थानमा छ ।
३० खेलबाटै एस्टन भिल्ला ५१ अंकसहित चौथो तथा ४९ अंकसहित लिभरपुल पाँचौँ स्थानमा छ । चेल्सी ४८ अंकबाट छैटौँ स्थानमा छ ।
वेष्टह्याम युनाइटेड, बर्नली र वुल्भस् रेलिगेशन क्षेत्रमा छन् ।