काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक तय गरिएको छ।
पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। यसअघि आइतबार बसेको बैठकले महामन्त्री गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो।