खड्का र कोइराला पक्षको केन्द्रीय समिति बैठक आजदेखि
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
882
Shares
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका बीच पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षधरको केन्द्रीय समिति बैठक आजदेखि काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा शुरू हुँदैछ। १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको यो बैठक दुई दिनसम्म चल्ने बताइएको छ।
विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा चयन भएपछि कांग्रेसभित्र वैधानिकताको ठूलो लडाइँ शुरू भएको छ। निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई मान्यता दिए पनि खड्का र कोइराला पक्षले त्यसलाई स्वीकार गरेका छैनन्। यो विवाद हाल सर्वोच्च अदालतमा विचाराधीन छ।
यसअघि सोमबार मात्रै खड्का र कोइराला पक्षले आफ्ना नवनिर्वाचित सांसदहरूलाई बोलाएर छुट्टै बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको थियो। आजको बैठकले पार्टीको आगामी रणनीति र अदालतमा चलिरहेको मुद्दाका सन्दर्भमा साझा धारणा तय गर्ने अपेक्षा गरिएको छ।