arrow

ऐनविपरीतका विज्ञापनमा बोर्डको निगरानी, सट्टेबाजी प्रवद्र्धन गर्नेलाई कानूनी फन्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
government-of-nepal.jpg

काठमाडौँ । विज्ञापन बोर्डले सट्टेबाजी (बेटिङ) एप, अनधिकृत वेबसाइट र सामाजिक सञ्जालमा कानूनले निषेध गरेका विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न निर्देशन दिएको छ।

गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले सबै प्रकारका बेटिङ एप र वेबसाइटहरू बन्द गर्ने निर्णय गरिसकेको सन्दर्भमा बोर्डले यस्तो आग्रह गरेको हो। 

बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार यदि कसैले गैरकानूनी रूपमा यस्ता विज्ञापन प्रदर्शन गरिरहेको भए तत्काल बन्द गर्नुपर्नेछ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ लाई उद्धृत गर्दै बोर्डले जुवा खेल्न प्रोत्साहन गर्ने वा अनुमति नलिई चिठ्ठा किन्न उक्साउने खालका विज्ञापन गर्न नपाइने व्यवस्थाको स्मरण गराएको छ। 

यदि कसैले बन्द गरिएका एप वा वेबसाइटमा विज्ञापन गरेको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने र यस्ता गतिविधि देखिएमा बोर्डमा उजुरी दिन समेत सर्वसाधारणलाई आह्वान गरिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ