arrow

सरकारी विज्ञापन अब सरकारी माध्यममा मात्र प्रकाशन गर्न निर्देशन, निजी मिडियामा रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
balen-shaha-13-12-082.jpg

काठमाडौँ । सरकारले सरकारी खर्चमा हुने विज्ञापन सरकारी माध्यममै प्रकाशन/प्रशारण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा हुने सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यममार्फत मात्र गर्न निर्देशन दिएको हो ।

कार्यालयले जारी गरेको परिपत्रअनुसार सार्वजनिक निकायहरूले गर्ने सूचना प्रकाशन तथा प्रसारणमा मितव्ययिता कायम गर्न तथा पारदर्शिता बढाउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।

परिपत्रमा सरकारी स्वामित्वका सञ्चार माध्यम-गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता संस्थामार्फत मात्र सूचना प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गतका निकायहरूले सार्वजनिक कोष प्रयोग गरी प्रकाशन गर्ने सूचना सम्बन्धित सरकारी सञ्चार माध्यममै प्रकाशन तथा प्रसारण गर्नुपर्ने प्रावधान राखिएको छ । 

जसअनुसार निजी सञ्चार माध्यममा प्रकाशन गर्न रोक लगाइएको छ। सूचना प्रकाशन गर्दा निर्धारित प्रक्रिया पालना गर्नुपर्ने र भुक्तानीसम्बन्धी दररेट तथा छुट आधिकारिक रूपमा स्वीकृत हुनुपर्ने पनि स्पष्ट पारिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ