उहाँ काठमाडौँको मेयरमात्र हुँदा पनि आकाशलाई टेवा दिन बाँसको खम्बा गाडेर अड्याउन सफल भएको छु भन्ने खुरापातीको कुरा पत्याउनेहरू धेरै थिए । सपनामा नै रहेका मुरली बाजे, सुन बाजे अनि जहाज बाजेहरू दिनमा पिच्च थुक्दै रातमा ढुक्कले निदाउँथे ।
दिनमा भन्दै हिँड्थे, चौरासीमात्र आओस अनि देखाइन्छ । चौरासी आसपासमा सबैमाथि जानका लागि पर्खाइमा रहेकाहरू पनि अजम्बरी भएको जस्तै देखिन्थे । यस पवित्र भूमिमा तिनले गरेको अपवित्र कामको पापले सीमा नाघिसकेको थियो ।
यो कलियुग हो र यस युगमा हरेकले गरेको कुकर्मको फल आफू जीवितै हुँदा र यसै युगमा राम्रोसँग भोग्न पाइन्छ भन्ने धार्मिक मान्यताको बारेमा कसैले वास्ता गरेनन् । ती अनेक किसिमका बाजेहरूले झुक्किएर गरेका केही काम भने ठीकै थिए भन्ने पनि छ तर अत्यन्त नगन्य ।
१९औँ शताब्दीमा जन्मिएर अलप हुनुपर्नेहरूले हामी २१औँ शताब्दीमा जीवनयापन गर्नुपर्नेहरूका लागि भाङ धतुरोको तालमा सर्वाङ्ग हुने नागाहरूको स्वरूप देखाउनु भयो । त्यसको नतिजा भने हामी जनतानामधारीका लागि भोग्नु पर्ने अवस्था सिर्जना गरिदिए ।
हाल गठन भएको नयाँ सरकारले देशमा बहुसंख्यक जनतामाथि भएको अपराधको सजाय यसैजुनीमा दिलाउने वातावरण बनाउनका लागि कलियुगको भगवान् कल्की नै नेपालमा आए जसरी बालेन सरकार बनाए । तपाईँलाई यस किसिमको उचाई दिनका लागि कुमार व्यञ्जनकार, ललितपुर महानगरपालिकामा १० पटकसम्म स्वतन्त्र रूपमा वडाध्यक्षमा विजयी नरसिंह व्यञ्जनकारका छोरा हुनुहुन्छ । उहाँलाई पनि कलियुगमा नेपालका लागि बनाइएका अदभूत पात्र नै हुनुहुन्छ । तपाईँहरू २ जना । सलाम छ ।
अब देशको बागडोर सम्हाल्दै गर्दा काम भने होसियारीका साथ गर्नुस् । यो सरकार बनाउनका लागि विदेशीले सहयोग गरे अनि कुन कुनले भूमिका खेले भनेर लान्छना लगाउनेकाहरू पनि छन् । तर तिनका विगत एक इन्च पनि सकारात्मक छैनन्, सुदन भाइ लगाएर राति सुतेको कोठाबाट उठाएर दुई चार मुक्का लगाएर अँध्यारो कुनामा थन्क्याइदिए हुन्छ । विरोधका नाममा हुने र हुन सक्ने जस्तोसुकै खुरापातीहरूको कुराहरू अब सुन्नु पर्दैन र तिनका खुरापाती विचारहरू थन्क्याउनका लागि गृहमन्त्री सुधन भाइलाई जिम्मा दिएर अगाडि बढ्दा हुन्छ ।
कलियुगमा नेपाल भन्ने देशमा शासकहरूले खुरापातीमात्र गरेको बारेमा भगवानलाई र हामी जनतालाई सबै थाहा छ। आज अनायसै तपाईँलाई सरकार सञ्चालन गर्ने प्रमुखको भूमिका दिनुभयो । त्यसका लागि सकारात्मक काम गरेर समर्थन गर्नेलगायत सबैका लागि कल्याण गर्नुस् ।
अमेरिकाको एमसीसी बन्द गर्नुपर्छ कुन्नि केलाई समर्थन गर्नु हुँदैन भनेर आवाज उठाउने जुठेहरू पनि छन् । देश र नेपाली जनताको हितमा हुने कामका लागि कहिल्यै पनि पछाडि नर्फकनुस् । २०८२ बाट पाँच वर्ष सरकार सञ्चालनका लागि सबै किसिमका जिम्मेवारी तपाईँलाई मात्र हेरेर प्राप्त भएको छ । त्यसैले निर्णय गर्दा देशले भोगेको अत्याचारको मूल्याङ्कन गरेर सही निर्णय गर्नुस् ।
यो देशमा तपाईँको साथमा रहनेहरू पनि लोभी पापी हुन सक्छन् । त्यसैले कार्य सम्पादन गर्दा देश र जनतालाई सम्मान गर्दै निर्णय लिनु भएमा इतिहासमा कहिल्यै पछुताउनु पर्ने छैन । हामी बहुसंख्यक जनता तपाईँलाई हेरेर भोट दिन बाध्य भएका छौँ । तर हामीले ठूलो अपेक्षा लिएका छैनौँ । देश जोगाएर २१ औँ शताब्दीमा विश्वले सिक्न लायक देश नेपाल हो भन्ने वातावरण मिलाइ दिनु भएमात्र पुग्छ ।
साधारण जनताले परिश्रम गर्ने र जीविकोपार्जन गर्ने वातावरण मिलाएर विगतदेखि देशमा लुटमात्र गर्नेहरूका लागि नुवाकोटमा बनेको जेलमा कोच्दिनुस् । पाप गर्नु हुँदैन भन्ने ज्ञान लिने वातावरण मिलाउनका लागि विगतदेखि लुट कम्पनी खोलेकाहरूलाई थन्क्याइदिए मात्र पुग्छ। तपाईँहरू २ जना बालेन र बेन अदभूत नै हो, सलाम छ ।