arrow

संसदीय दलको नेता छान्दै कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
congress-parliamentary-offi.jpg

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्ने प्रक्रियाका बारेमा छलफल गर्न आज आफ्ना सांसदहरूको बैठक बोलाएको छ। संसदीय दलको नेता चयनका लागि पार्टीद्वारा गठित निर्वाचन समितिले सांसदहरूसँग आवश्यक परामर्श गर्न लागेको हो।

निर्वाचन समितिका संयोजक प्रकाश रसाइली 'स्नेही'का अनुसार दलको नेता चयनको प्रक्रिया र कार्यतालिकाबारे छलफल गर्न आज दिउँसो ३:०० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने तय भएको छ। निर्वाचन समितिले वैशाख २ गते नै चुनावी तालिका सार्वजनिक गर्ने तयारी गरे तापनि आन्तरिक सहमतिको प्रयासका कारण केही ढिलाइ भएको थियो।

संसदीय दलको नेताका लागि पार्टीभित्र पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा हुने देखिएको छ। हालसम्म नेताहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र इन्जिनियर मोहन आचार्यले मुख्य आकाङ्क्षीका रूपमा दाबी प्रस्तुत गरेका छन्। 

दलको नेता चयनका लागि प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूबीचको सन्तुलन तथा युवा नेतृत्वको मागका विषयमा पार्टीभित्र घनीभूत छलफल भइरहेको बुझिएको छ। आजको बैठकले निर्वाचनको अन्तिम मिति र प्रक्रियालाई टुङ्गो लगाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ