arrow

रास्वपा केन्द्रीय समितिको बैठक

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित, लेबी व्यवस्थामा पनि परिमार्जन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
rsp-kendriya-meet.jpg

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा भूपदेव शाह मनोनित भएका छन्। आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले शाहलाई महामन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकले सांगठनिक संरचनालाई पूर्णता दिने क्रममा पार्टी सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनित गरेको छ। यस्तै, केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

पार्टी सभापति रवि लामिछानेले बैठकमा प्रस्तुत गरेका यी प्रस्तावहरू केन्द्रीय समितिबाट सर्वसम्मतिले अनुमोदन भएका हुन्। बैठकले संघीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई पनि मनोनित गरेको छ।

सांगठनिक नियुक्तिसँगै रास्वपाले आफ्ना जनप्रतिनिधि र कर्मचारीहरूको लेबी व्यवस्थामा समेत परिमार्जन गरेको छ। नयाँ व्यवस्थाअनुसार अबदेखि पार्टीका सांसदले १५ हजार रुपैयाँ, मन्त्रीले १८ हजार रुपैयाँ र स्वकीय सचिवहरूले दुई हजार रुपैयाँ लेबी बुझाउनुपर्ने कायम गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ