काठमाडौँ । लामो समयदेखि आन्तरिक विवाद र कानूनी उल्झनमा फसेको नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रियाले अन्ततः गति लिएको छ।
सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएसँगै शुक्रबारदेखि निर्वाचनको औपचारिक प्रक्रिया शुरू भएको हो।
पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४:३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ । मतदान प्रक्रिया साँझ ५ बजेपछि शुरू गरिने तालिका तय गरिएको छ । आवश्यक प्रक्रिया पश्चात् मतदान सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
संसदीय दलको नेताका लागि पार्टीभित्र समीकरणहरू फेरिएका छन् । प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ जना सांसद रहेका छन्, जसले आज हुने मतदानमा सहभागी भई नयाँ दलको नेता छान्नेछन्।
यो निर्वाचनलाई नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ। दलको नेता चयन भएसँगै संसद्मा कांग्रेसको भूमिका र प्रतिपक्षी मोर्चाको रणनीति अझ स्पष्ट हुने छ।