arrow

नदी किनारामा रहेका सुकुमवासी बस्ती हटाउने क्रम जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
sukumbasi-basti-01-14.jpg

काठमाडौँ ।  काठमाडौँ उपत्यकाको नदी किनार क्षेत्रमा रहेका अनधिकृत सुकुमवासी बस्ती हटाउने कार्यलाई सरकारले सोमबार पनि निरन्तरता दिएको छ।

शनिबारदेखि शुरू भएको यस अभियानअन्तर्गत सोमबार गैरीगाउँ र मनोहरा नदी किनारका बाँकी रहेका संरचनाहरूमा डोजर चलाइएको हो। नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अव्यवस्थित बस्तीहरू खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।

बस्तीबाट हटाइएका परिवारहरूलाई हाल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखिएको छ। त्यहाँ उनीहरूको विस्तृत विवरण सङ्कलन गर्ने र 'स्क्रिनिङ' गर्ने कार्य भइरहेको छ। यस प्रक्रियामार्फत वास्तविक सुकुमवासी र अन्य व्यक्तिहरूको पहिचान गरिने जनाइएको छ।

स्क्रिनिङको कार्य सकिएपछि वास्तविक सुकुमवासी ठहरिएकाहरूलाई सहरी विकास मन्त्रालय र मातहतका निकायले व्यवस्थापन गरेका विभिन्न स्थानका भवनहरूमा अस्थायी रूपमा स्थानान्तरण गरिने योजना छ। त्यहाँ उनीहरूका लागि खाने र बस्ने सुविधासहितको व्यवस्था मिलाइने सरकारले जनाएको छ। शनिबार र आइतबार धेरै क्षेत्र खाली गराइसकेको सरकारले बाँकी रहेका अव्यवस्थित संरचनाहरू हटाउने कार्यलाई तीव्रता दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ