arrow

सिंहदरबारमा सञ्चारकर्मीलाई दृश्य सङ्कलनमा रोक, बालेनको निर्देशनपछि सुरक्षाकर्मीको कडाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
balen-singadarbar-video.jpg

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक शुरू हुनुअघि सञ्चारकर्मीहरूलाई दृश्य सङ्कलनमा अवरोध पुर्‍याइएको छ।

कार्यालय बाहिरबाट भिडियो खिचिरहेका सञ्चारकर्मीहरूलाई प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले रोक्न निर्देशन दिएपछि सुरक्षाकर्मीहरूले कडाइ गरेका हुन्। मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री साहले पत्रकारहरूतर्फ सङ्केत गर्दै सुरक्षाकर्मीहरूसँग असन्तुष्टि व्यक्त गरेका थिए।

प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गरेलगत्तै त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले बाहिर रहेका भिडियो पत्रकारहरूलाई सो स्थानबाट तत्काल निस्कन र दृश्य सङ्कलन नगर्न आदेश दिएका थिए। सार्वजनिक सरोकारका सूचना र गतिविधिहरू सङ्कलन गर्न पुगेका सञ्चारकर्मीहरूमाथि प्रधानमन्त्रीकै उपस्थितिमा भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रताको विषयमा गम्भीर चासो बढाएको छ।

राज्यको प्रमुख प्रशासनिक केन्द्रमा सञ्चारकर्मीहरूलाई आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न बाधा पुर्‍याइनुले सूचनाको हक र स्वतन्त्र पत्रकारिताको मर्ममाथि प्रहार भएको सञ्चार क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ